झाँक्री पक्राउपछि थापा–झ्यालखानाको संख्या थप, सत्य बोल्ने मुख तिम्रो त्रासले बन्द हुँदैन

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रति कांग्रेस नेता गगन थापाले सरकारलाई चुनौती दिएका छन् । कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि झ्यालखानामा राखेर तर्साउने खोज्ने भन्दै उनले सत्यको पक्षमा बोल्नेहरु धेरैको लागि झ्यालखानाको संख्या थप्न चुनौती दिएका हुन् । कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?’ थापाले ट्वीटरमा लेखेका छन्, ‘उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’ गोरखामा राष्ट्रपतिविरुद्ध बोल्दा राज्यविरुद्धको कसुरमा झाँक्रीलाई बिहीबार प्रहरीले शंखुमुलस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया