प्रचण्ड-नेपाल समूहका प्रवक्ता श्रेष्ठ भन्छन्–झाँक्री पक्राउ गर्नु निरंकुशता हो

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ गरिनु निरंकुश कदम भएको बताएका छन् । श्रेष्ठले विज्ञप्ती जारी गर्दै झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी, निरंकुश र अलोकतान्त्रिक चरित्र देखाएको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारी वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारो छ।’ श्रेष्ठले लोकतन्त्रमा राजनीतिकमा संलग्न हुने कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही नभएको विज्ञप्तीमा उल्लेख गरेका छन्। पार्टीले झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको उनले उल्लेख गरेका छन्। पार्टीले सरकारले झाँक्रीलाई पक्राउ गरेको विरुद्धमा आजै विरोध प्रर्दशन पनि गर्न सक्ने नेपालवाचसँगको कुराकानीमा श्रेष्ठले संकेत गरेका छन् ।
प्रतिक्रिया