NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

हिरासतबाटै झाँक्रीले लेखिन् : यो अन्तिम लडाईं हो

काठमाडौं । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाटै अब अन्तिम लडाईं हो भनेकी छिन् । प्रहरीले पक्राउ गरी आफूलाई अपराध अनुसन्धान महाशाखा मीनभवनमा राखिएको उनले बताएका छन् । राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु।सबै साथिहरूले धैर्य गर्नुहोला।यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।— Ram kumari Jhakri (@Jhakri_didi) February 11, 2021 ‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।’ उनले ट्वीटरमा पनि यही प्रसंग उल्लेख गर्दै यो अन्तिम लडाईं भन्दै आ–आफ्नो ठाउँबाट जुटौं भनेर लेखेकी छिन् ।