NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

पौडेलले भने–झाँक्रीलाई विनाशर्त रिहा गर

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै पौडेलले नागरिक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध पक्राउ गरिएको भन्दै विनाशर्त उनलाई रिहा गर्न माग गरेका हुन् । ‘सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होईन् ।’ पौडेलले भनेका छन्, ‘त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु । साथै उनलाई विना शर्त रिहा गर्न समेत माग गर्दछु ।’