झाँक्रीको रिहाइ माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ परेकी नेकपा नेता रामकुमारी झाँक्रीको रिहाई माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । रिटमा आइतबारलाई पेशी तोकिएको छ । राष्ट्रपतिविरुद्ध गोरखामा अनर्गल बोलेको भन्दै प्रहरीले झाँक्रीविरुद्ध बिहीबार राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउपछि अधिवक्त गुणराज आचार्यले उनको रिहाईको लागि बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका हुन् । झाँक्रीलाई अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको हो ।
प्रतिक्रिया