नेकपाका नेताको अभिव्यक्ति उत्तेजक भन्दै कांग्रेसले भन्यो : झाँक्रीलाई रिहा गर

काठमाडौं । कांग्रेसले पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारकाे शृङ्खलाप्रति चिन्ता व्यक्त गरेको छ । खासगरि नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकूल विल्कुलै नभएको कांग्रेसको ठहर छ । ‘अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र ब्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ ।’ संविधानले सुरक्षीत गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न शमाले दुवै थरिलाई आग्रह गरेका छन् । साथै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायकवादी चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग शर्माले सजक गराएका छन् ।
प्रतिक्रिया