कुस्ती प्रतियोगिता उद्घाटन गर्दै देउवाले भने, संकटमा प्रधानमन्त्री बन्न तयार छु

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकसामू अप्ठ्यारो अवस्था आएको भन्दै आफू प्रधानमन्त्री बनेर निकास दिन तयार रहेको बताएका छन् । कांग्रेसले संकटमा मुलुकलाई निकास दिएको इतिहास भएकाे भन्दै देउवाले देशमा देखिएको राजनीतिक संकटबाट उठेर निकास दिन आफू तयार रहेको बताएका हुन् । ‘जब–जब देशमा संकट आउँछ, तब–तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिंदै आएको इतिहास छ’ देउवाले भने, ‘अहिले पनि देश राजनीतिक संकटले गर्दा अप्ठ्याराेमा परेकाले निकास दिन सरकारको जिम्मेवारी लिएर अघि बढ्न म तयार छु ।’ देउवाले खुमबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको कुस्ती प्रतियोगिता उद्घाटन गर्न बाराको पचरौता नगरपालिकाको बेल्दारीमा यस्तो बताएका हुन् । पछिल्लो समय कांग्रेस संस्थापन इतर गुटलेसमेत देउवालाई प्रधानमन्त्रीमा अघि बढ्न सुझाव दिइरहेका छन् ।
प्रतिक्रिया