निषेधाज्ञामा बिनाकाम हिँड्ने १४५७ जना होल्डिङ सेन्टरमा
काठमाडाैं । निषेधाज्ञामा बिनाकाम सडकमा हिँड्नेलाई प्रहरीले कारबाही गरेको छ । बिहीबार बिनाकाम सडकमा निस्कने करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ । महानगरीय प्रहरी वृत्तका अनुसार काठमाडौंमा ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरका अनुसार निषेधाज्ञाको बेवास्ता गरेर सडकमा निस्केकालाई होल्डिङ जोनमा राखेर सम्झाई बुझाई गरिएको छ । प्रहरीले उपत्यकाका प्रत्येक चोकमा होल्डिङ जोन बनाएको छ । निषेधाज्ञाको उल्लंघन गर्दै बिना काम सडकमा निस्किए अब कडा कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । मास्क नलाउनेदेखि बिनाकाम हिँडेकालाई केही समय होल्ड गरिएको थियो । कारबाहीमा पर्नेमा ३२० वटा दुई पांग्रे र ४१ वटा चार पांग्रे सवारी साधन छन् । प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा चार स्थानमा चेकपोइन्ट राखिएको छ । निषेधाज्ञाको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । प्रशासनले एक साता निषेधाज्ञा गर्ने निर्णय गरे पनि मन्त्रिपरिषद्ले भने १५ दिनसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने
-
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
-
जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
-
कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग
-
नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम
प्रतिक्रिया