२५ हजार धरौटी बुझाएर १९ महिनापछि छुटे माइला लामा
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा १९ महिनापछि थुनामुक्त भएका छन् । ०७६ साउन ५ गते पक्राउ परेका लामा जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार थुनामुक्त भएका हुन् । विभिन्न अपराधिक मुद्धा लगाएर थुनामा राखिएको उनीसँग जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर उनी आफूसँगै पक्राउ परेका पार्टीका अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै थुनामै बसेका थिए । शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाका प्रमुख विनोद अधिकारीले बताए । सरकारले मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहले बताएको छ । शान्तिपूर्ण राजनीतिमा आउने शर्तमा सरकारले विप्लव समूहसँग तीन बुँदे सम्झौता गरेको थियो ।
ताजा अपडेट
-
‘साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेका छौं’
-
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय किन कार्यान्वयन भएन ?
-
प्रभावकारी लेखा सुपरीवेक्षण समिति : सहकारी जोगाउने सञ्जीवनी
-
स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने
-
पुन: दुई हजारले बढ्यो सुन
प्रतिक्रिया