बेलबारीबाट लागुऔषधसहित चार जना पक्राउ
विराटनगर । मोरङको बेलबारीबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित चारजनालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा बेलबारी–१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र २५ वर्षीय सुजन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूको साथबाट डाइजेल्याब, फेनारगन, एभिल र लुपिजेसिक गरेर ६८ एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए । पक्राउ परेकाहरूले प्रयोग गरेको को१७प ४७२ र को३०प ५६१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका चारै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज (बुधबार) म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
ताजा अपडेट
-
के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
-
विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : देउवा
-
विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएको : प्रधानमन्त्री (पूर्णपाठ)
-
इलाममा मतगणना सुरु
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
प्रतिक्रिया