NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ९ गते

काठमाडौं–निजगढ फास्ट ट्र्याक : निर्माण अवधि सकिन दुई वर्ष बाँकी छँदा जम्मा १६ प्रतिशत कार्य सम्पन्न

काठमाडौं । चार वर्षभित्र सक्ने गरी नेपाली सेनाले जिम्मा लिएको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन दुई वर्ष बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सकिएको छ ।  आजको कारोबार दैनिकमा प्रकाशित समाचारअनुसार सरकारी र प्राविधिक पक्षले समस्या पारेपछि नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनामा कमजोर प्रगति देखिन पुगेको प्रस्ट पारेको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सुरुमा डीपीआर, अन्तर्राष्ट्रिय परार्मशदाता छनोट, मुद्दा–मामिला, सुरुङ डिजाइनमा विवाद, खोकनाको जग्गालगायतले आयोजनाको प्रगतिमा कमी देखिएको बताए ।  तर, हाल आयोजनाको प्राविधिक काम सबै सकिएकाले पुसदेखि निर्माणको कामले तीव्रता पाउने हुँदा प्रगति विवरण उच्च हुँदै जाने दाबी उनको छ । १८ अर्बभन्दा बढी खर्च भइसकेको चार लेन सडकको आयोजनामा ५३ किमि क्षेत्र मकवानपुरमा, ४ किमि काठमाडौंमा, ललितपुरमा ७.९ र बारामा ७.६ किमि रहेको छ ।  डीपीआरमा उल्लेख भएअनुसार ३ वटा सुरुङमार्ग र निजगढदेखि राजदमारसम्मको २२.५ किलोमिटर सडकको दुईवटा प्याकेजमा पुसदेखि निर्माण हुने बताउँदै प्रवक्ता पौडेलले भने, ‘लागत, डिजाइन, टेन्डरलगायतका काम सबै भइसकेको छ, उक्त प्याकेजमा यही आर्थिक वर्षको पुसदेखि सडक, ढल, पर्खाल र सुरुङ निर्माणको काम सुरु हुन्छ ।’ निजगढदेखि राजदमारसम्मको २२.५ किलोमिटर सडकको दुईवटा प्याकेजमा ४३ वटा कम्पनीले आवेदन दर्ता गरेको र १८ वटा नेपाली निर्माण कम्पनीको ज्वाइन्ट भेन्चरमा बोलपत्र परेको थियो । 

ताजा अपडेट

नेपालवाच विशेष