उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी
![](/nw-bk/SoftNEP/uploads/posts/samanwaya samiti1642481270.jpg)
काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा राष्ट्रिय सभा चुनावबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रिय सभा निर्वाचन यही माघ १२ मा हुँदैछ । जसमा सत्ता साझेदार दल गठबन्धन बनाएर भिड्दै छन् । त्यसैगरी, स्थानीय तह निर्वाचन, एमालेले संसदमा पुर्याउँदै आएको अवरोध, कोरोना महामारीलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । सरकार सञ्चालनमा सहजीकरण निम्ति समिति गठन गरिएको हो । जसको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन् । अन्य दलका शीर्ष नेता सदस्य छन् ।
ताजा अपडेट
-
सडक कालोपत्रसँगै सुक्न थाले बालकोटका ढुंगेधारा
-
बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठान कारबाहीमा
-
कर्णालीको बजेट कार्यान्वयन : यस्ता छन् योजना छनोट प्रक्रिया सुधार नीति
-
आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
-
आइडा-२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह
प्रतिक्रिया