उच्चस्तरीय समन्वय समिति बैठक बस्दै, राष्ट्रिय सभा चुनाव मुख्य एजेन्डा
काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । बैठक अहिले बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय छ । राष्ट्रिय सभा निर्वाचन बैठकको मुख्य एजेन्डा रहने बताइएको छ । राष्ट्रिय सभा निर्वाचन यही माघ १२ मा हुँदैछ । जसमा सत्ता साझेदार दल गठबन्धन बनाएर भिड्दै छन् । त्यसैगरी, स्थानीय तह निर्वाचन, एमालेले संसदमा पुर्याउँदै आएको अवरोध, कोरोना महामारीलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । सरकार सञ्चालनमा सहजीकरण निम्ति समिति गठन गरिएको हो । जसको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन् । अन्य दलका शीर्ष नेता सदस्य छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया