प्रकाशमानको खण्डन : सरकारमा सहभागी हुने कुरा भ्रामक
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंह उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको भन्दै सार्वजनिक समाचारप्रति आपत्ति जनाएको छ । सिंहका सचिवालय सदस्य युपी लामिछानेले सिंह सरकारमा सहभागी हुने समाचार झुटो भएको बताएका छन् । लामिछानेले नेता सिंहको ध्यान केही जिल्लामा बाँकी रहेको अधिवेशन र तीन तहको निर्वाचन तयारीमा रहेको बताए । १४ औँ महाधिबेशनको दोस्रो चरणमा सभापतिका लागि देउवालाई समर्थन गरेको घटनालाई प्रकाशमान सिंहको सत्ताप्रतिको आकर्षणको रुपमा समेत ब्याख्या गरिएको थियो । त्यस लगत्तै देउवा सरकारले सिंहलाई उपप्रधानसहित गृह मन्त्रीमा नियुक्त गर्न लागेको समाचारहरु सार्वजनिक भइरहेका छन् । सिंहका स्वकीय सचिव युपी लामिछानेले उक्त समाचारमा सत्यता नभएको भन्दै खण्डन गरेका हुन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया