१० हजार संक्रमित थपिए, निको हुने हिजोभन्दा आज धेरै
काठमाडौं । पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएका छन् । हिजो (सोमबार)भन्दा आज १५ जना बढी संक्रमित संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । जसमा १७ हजार ८७२ जनाको पीसीआर, ४ हजार ९५६ जनाको एन्टीजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै, पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया