NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर रामेछापमा एकजना घाईते

पुष्कर खड्का (रामेछाप)– रामेछाप जिल्लाको रामेछाप नगरपालिका रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते भएका छन । घाइते हुनेमा रामेछाप नगरपालिका वडा नं ५  रामपुरका वर्ष ५५ का खड्ग नेपाली भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ । प्रहरी चौकी रामेछाप डाँडाले दिएको जानकारी अनुसार सडक खन्ने क्रममा माटोको ढिस्को झरेर पुरिँदा खड्ग नेपाली घाईते भएको हुन् । अहिले खड्ग नेपालीको अवस्था सामान्य रहेको र उनलाई उद्धार गरी जिल्ला अस्पताल रामेछाप ल्याइएको प्रहरीले जनाएको छ ।