बालेनले २ हजार मत कटाए, स्थापितभन्दा ९०७ मतले अघि

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मत परिणाममा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले दुई हजार मत कटाएका छन् ।
सुरुवाती गणनादेखि नै अग्रता लिएका बालेनले दुई हजार ७१ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक हजार १६४ मत ल्याएका छन् ।
बालेन दोस्रो स्थानका स्थापितभन्दा ९०७ मतले अघि छन् ।
यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ६ मत ल्याएकी छिन् ।
प्रतिक्रिया