कांग्रेस–माओवादी गठबन्धनबारे पूर्वराजदूतले पोखे तीतो

काठमाडौं । पूर्वराजदूत नीलाम्बर आचार्यले कांग्रेस–माओवादी गठबन्धनप्रति तीतो पोखेका छन् । गठबन्धन निर्माणको ध्येय एउटा भए पनि प्रचार अर्कै थोक गरिएको उनको आशय छ ।
आचार्यले गठबन्धनको संवैधानिक प्रजातन्त्रप्रतिको प्रतिबद्धतामाथि समेत शंका गरेका छन् । साथै यी दलबीचको सहकार्य प्रजातान्त्रिक सहकार्यका लागि सहायक नहुने ठहर उनको छ ।
‘के कांग्रेस माओवादी चुनावी गठबन्धन प्रजातान्त्रिक प्रगतिका लागि सहायक छ ? संवैधानिक प्रजातन्त्रप्रति व्यवहारतः प्रतिबद्ध छ ?,’ आचार्यले सामाजिक सञ्जालमा आफ्नै ती प्रश्नको निचोड निकाल्दै लेखेका छन्, ‘छैन ।’
संवैधानिक प्रजातन्त्रप्रति प्रतिबद्ध नहुँदानहुँदै गठबन्धन बनेको र यसको कारण खोज्दा निष्कर्ष नमिठो निस्किने उनको भनाइ छ ।
छात्रवृत्ति लिएर रुसमा अध्ययन गरेका आचार्य त्यहाँबाट फर्किंदा कम्युनिस्ट भइसकेका थिए । तर पछि उनी कांग्रेसतिर लागे । भारतका लागि नेपाली राजदूतमा नियुक्तपूर्व आचार्यले सन्तुलित धारणा राख्ने गरेका थिए । वामपन्थ त्यागेको २७ वर्षपछि केपी ओली नेतृत्वको सरकारबाट अनपेक्षित ढंगले राजदूत पद पुरस्कार पाएपछि भने उनी एमालेको पक्षमा खुल्दै आइरहेका छन् ।
प्रतिक्रिया