NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

मोटरसाइकलको ठक्करबाट शाखा अधिकृतको मृत्यु

काठमाडौं । मोटरसाइकलको ठक्करबाट राजधानीमा एक शाखा अधिकृतको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयमा कार्यरत शाखा अधिकृत आस्था सुब्बाको बिहीबार साँझ ठक्करबाट ज्यान गएको हो ।

पैदल हिँडिरहेका बेला सुब्बालाई प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । लगत्तै मोडल अस्पताल पुर्याइएकोमा साँझ ६ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय मिलन राई पनि घाइते भएका छन् । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष