NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेकपा केन्द्रीय कमिटी बैठक एक महिनाका लागि स्थगीत

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को कात्तिक १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगीत गरेको छ । कोभिड–१९ महामारीको कारण देखाउँदै बैठक स्थगन भएको हो । नेकपा केन्द्रीय कार्यालय सचिवद्धय ईश्वरी रिजाल र श्रीराम ढकालले बुधबार विज्ञप्ति जारी गरी वैठक स्थगीत भएको जानकारी दिएका हुन् । बैठक मंसीर १५ देखि १७ गते बस्ने उल्लेख गरिएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।