चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । राष्ट्रीय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । कोरोना संक्रमण पुष्टि भएर केसी अहिले उपचाररत छन् । उनको बुधवार कोरोना पुष्टि भएका उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । केसीको उपचार खर्च सरकारले व्यहोर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । ‘संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको अवगत गराउँछु ।’
प्रतिक्रिया