NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

केसीकाे ठाउँमा कांग्रेसबाट पाण्डे नयाँ सांसद

काठमाडौं । कांग्रेसले रिक्त रहेको ठाउँमा मोहनप्रसाद पाण्डेलाई सांसद बनाएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचित सदस्य सूर्यबहादुर केसीको निधन भएपछि खस आर्य समूहतर्फ पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको हो । कांग्रेसले निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्रमसंख्या १२ मा खस आर्य समूहतर्फ नाम रहेका पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो ।