कोरोना सूचीकृत अस्पतालले तीन महिनामा सरकारबाट लगे एक अर्ब

काठमाडौं । कोरोना विशेष अस्पतालमा सूचीकृत अस्पताललाई कोरोना परीक्षण र उपचार गरेबापत तीन महिनामा सरकारले करिब एक अर्ब रुपैयाँ तिरेको छ । सरकारले विभिन्न सरकारी र निजी गरेर मुलुकभर ७४ अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा सूचीकृत गरेको छ । ती अस्पतालमा कोरोनाको निःशुल्क परीक्षण र उपचार हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरण अनुसार ती अस्पतालमा भदौ यतामात्र एक लाख ४२ हजार एक सय ८० जनाको परीक्षण र उपचार भएको छ । उक्त संख्याका मानिसहरूको परीक्षण र उपचारका लागि ९२ करोड २२ लाख ८२ हजार खर्च भएको विवरण मन्त्रालयले दिएको छ । कुन महिना कति खर्च ? एक लाख ४२ हजारको परीक्षण र उपचार पछिल्लो तीन महिनाको अवधिमा सूचीकृत अस्पतालहरूबाट एक लाख ४२ हजारको परीक्षण र उपचार गरिएको छ । जसमा भदौमा ७५ हजार ८९, असोजमा २१ हजार चार सय २९ र कात्तिकमा ४५ हजार ६ सय ६२ को परीक्षण र उपचार गरिएको छ । बिना लक्षणका ३८ हजारको परीक्षण मन्त्रालयद्धारा प्राप्त विवरण अनुसार पछिल्लो तीन महिनाको अवधिमा ३८ हजार बिना लक्षणका विरामीको परीक्षण र उपचार गरिएको छ । त्यस्तै, सामान्य खालको लक्षण देखिएका ४२ हजार सात सय ४७, मध्यम लक्षण देखिएका ४४ हजार आठ सय ७८, गम्भीर प्रकृतिका १४ हजार नौ सय ७५ र संवेदनशील (भेन्टिलेटर) एक हजार पाँच सय १४ को उपचार सूचीकृत अस्पतालमा गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ । कुन महिना कति र कस्ता खालका विरामीको उपचार ? सरकारले मुलुकभरका विभिन्न ७४ अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गर्दै ती अस्पतालबाट कोरोना परीक्षण र उपचार निःशुल्क गरेको छ । सूचीकृत अस्पतालमा अधिकांश सरकारी अस्पताल छन् । सूचीकृत अस्पतालमध्येमा सबैभन्दा बढी कोरोना उपचार तथा उपचारबापत सरकारबाट रकम लग्नेमा शसस्त्र प्रहरी अस्पताल छ । त्यस्तै, पाटन अस्पताल, चितवन मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, विरेन्द्र सैनिक अस्पताल लगायत छन् । कुन अस्पतालले कति लगे, ठूलो रकम लाने अस्पतालहरू निकासा भएको आधा बजेट पनि खर्च भएन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरण अनुसार चार महिनाको अवधिमा सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा एक अर्ब ३८ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ ।तीन महिनाकै अवधिमा सरकारले कोरोना शिर्षकमा तीन अर्ब ५६ करोड ५९ लाख रुपैयाँ बजेट निकासा गरेको थियो । कुन शिर्षकमा कति खर्च ? मन्त्रालयबाट प्राप्त विवरण अनुसार गत साउनदेखि कात्तिकसम्ममा सबैभन्दा धेरै खर्च जोखिम भत्तामा भएको छ । यो भत्ता कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई दिइन्छ । उक्त शिर्षकमा ६६ करोड ७१ लाख खर्च भएको छ । त्यस्तै आईसियु÷भ्यान्टिलेटरमा ६५ करोड, कोरोना अस्थायी अस्पतालमा ६४ करोड ९० लाख र ल्याव व्यवस्थापनमा ६ करोड चार सय खर्च भएको छ । यी हुन् ७४ सूचीकृत कोभिड–१९ अस्पताल बागमती प्रदेश १. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर२. काठमाडौं मेडिकल कलेज, दुवाकोट३. बयोधा अस्पताल, बल्खु४. कोरोना अस्थायी अस्पताल (भरतपुर अस्पताल), चितवन५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल६. पाटन अस्पताल७. नेपाल आर्म्ड पुलिस फोर्स अस्पताल८. भरतपुर अस्पताल९. श्री वीरेन्द्र अस्पताल१०. न्याम्सरवीर अस्पताल११. नेपाल प्रहरी अस्पताल१२. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज१३. धुलिखेल अस्पताल, धुलिखेल१४. चितवन मेडिकल कलेज, भरतपुर१५. कलेज अफ मेडिकल साइन्सेज, भरतपुर१६. मेघा अस्पताल, ललितपुर१७. कान्तिपुर अस्पताल प्रा।लि सुविधानगर, काठमाडौं१८. जनमैत्री अस्पताल, बालाजु, काठमाडौं१९. केडीसी जेनरल अस्पताल, काठमाडौं२०. सर्वाङ्ग स्वास्थ्य सदन अस्पताल, कुपण्डोल, ललितपुर२१. शीर मेमोरियल एड्भेन्टीस अस्पताल२२. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल२३. राष्ट्रिय ट्रमा सेन्टर२४. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर२५. शहिद गंगालाल अस्पताल२६. सिभिल अस्पताल२७. नरदेवी आयुर्वेद अस्पताल२८. मुलपानी अस्पताल२९. कान्ति बाल अस्पताल३०. भक्तपुर अस्पताल३१. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र३२. मानसिक अस्पताल३३. गौतम बुद्ध इन्टरनेशनल कार्डिक अस्पताल३४. नेपाल कोरियामैत्री अस्पताल३५. काठमाडौं भ्याली अस्पताल, सुन्धारा३६. करुणाअस्पताल प्रा।लि गोल्फुटार, काठमाडौं३७. गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुर प्रदेश १ ३८. अस्थायी कोभिड अस्पताल ९कोशी अस्पताल ०, विराटनगर३९. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान४०. विराट मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ प्रदेश २ ४१. जानकी अस्पताल४२. नारायणी अस्पताल४३. नेशनल मेडिकल कलेज, वीरगञ्ज४४. जनकपुर अस्पताल४५. गजेन्द्र नारायण सिंह अस्पताल गण्डकी प्रदेश ४६. बाग्लुङ अस्पताल४७. अस्थायी कोभिड अस्पताल आइसोलेसन वार्ड (पोखरा एकेडेमी अफ हेल्थ साइन्स), पोखरा४८. पोखरा एकेडेमी अफ हेल्थ साइन्स४९. जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्र, तनहुँ लुम्बिनी प्रदेश ५०. राप्ती एकेडेमी अफ हेल्थ साइन्स५१. राप्ती प्रादेशिक अस्पताल५२. अस्थायी कोभिड अस्पताल, लुम्बिनी५३. भिम अस्पताल, भैरहवा५४. नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर५५. भेरी अस्पताल, नेपालगञ्ज५६. लुम्बिनी अस्पताल, बुटवल५७. देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, रुपन्देही५८. लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल कर्णाली प्रदेश ५९. अस्थायी कोभिड अस्पताल, सुर्खेत अस्पताल६०. कर्णाली एकेडेमी अफ हेल्थ साइन्स६१. सुर्खेत अस्पताल सुदूरपश्चिम प्रदेश ६२. सेती प्रादेशिक अस्पताल, कैलाली६३. डडेल्धुरा अस्पताल, डडेल्धुरा६४. टिकापुर अस्पताल, कैलाली६५. महाकाली अस्पताल, कन्चनपुर६६. अछाम अस्पताल६७. डोटी अस्पताल सिलगडी डोटी६८. बझाङ अस्पताल , चैनपुर बझाङ६९. बाजुर अस्पताल,मार्तडी बाजुरा७०. दार्चुला अस्पताल, दार्चुला७१. जोगबुढा अस्पताल, डडेल्धुरा७२. गोकुलेश्वर अस्पताल गोकुलेश्वर७३. मालाखेती अस्पताल, कैलाली७४. बैतडी अस्पताल, बैतडी
प्रतिक्रिया