NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

अब नेपाल आउने पर्यटकलाई भिसा सहज

काठमाडौं । सरकारले नेपाल आउने पर्यटकका लागि भिसा प्रक्रिया सहज बनाएको छ । यसअघि भिसा प्रक्रियाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेतको अनिवार्य स्वीकृति लिनुपर्नेमा अब विदेशस्थित नियोगहरूबाटै भिसा लिन सकिने भएको छ । गत १० मंसिरको मन्त्रीपरिषद्को बैठकले विदेशी नागरिकलाई नेपाल आउने प्रक्रिया केही सहज गराउने निर्णय गरेको थियो । उक्त निर्णय गत शुक्रबारदेखि लागू भएको छ । यससँगै ७२ घन्टाको पिसिआर रिपोर्ट र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै अध्यागमन विभागले भिसा प्रक्रिया सहज गराएको छ । अब विभागले नेपाल आउने विदेशी नागरिकका हकमा नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत विदेशी नागरिक तथा तिनका परिवारका सदस्य र नेपाली मुलका गैर आवासीय नेपालीलाई आगमन स्वीकृती (अनअराइभल भिसा) दिने भएको छ । यसैगरी विदेशस्थित नेपाली नियाेगबाट जारी हुँदै आएको पयर्यटक पनि पूर्ण रूपमा खुलाइएकाे छ । यीबाहेक अन्य नागरिकको हकमा भने ‘अनअराइभल’ भिसा बन्द नै छ । कोरोना महामारीको अवस्था मत्थर नभएसम्म यो बन्द नै रहन रक्ने विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । अन्य देशका नागरिकले विदेशस्थित नेपाली नियोगहरुबाट भिसा लिएर नेपाल आउन सक्नेछन् । भिसा लिइ आउन सम्भव नभएमा सम्बन्धित मन्त्रालयको सिफारिसमा आगमन बिन्दुमा भिसा दिइने व्यवस्था पनि खुला गरिएको विभागले जनाएको छ । स्थलमार्गबाट यात्रा गर्नका लागि भने अर्काे सूचना नभएसम्मका लागि विदेशी नागरिकहरूले नेपाल सरकारकोे पूर्ण स्वीकृतीबिना नेपाल प्रवेश गर्न पाउने छैैनन् ।