कमानसिंह र हाइड्रो विवादमा प्रधानमन्त्री ओलीले सुसनको परिवारलाई भने –प्रचण्डले केही गर्न सक्नुहुन्छ उतै जानुस्

काठमाडौं । हाइड्रोपावर प्रोजेक्टमा नारायणजी श्रेष्ठ र आफ्नो परिवारको चरित्रहत्या गरिएको भन्दै सुसन कमाचार्यको परिवारले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको छ । हाइड्रो र कमानसिंह लामाबीच रहेको विवादमा श्रेष्ठ र आफूहरुलाई अनावश्यकरुपमा मुछिएको र चरित्र हत्या गरिएको उनीहरुको भनाई छ । कमाचार्य श्रेष्ठकी स्वकीय सचिव हुन् । सुसन याम्बलिङ हाइड्रोकी अध्यक्षसमेत हुन् । उनीहरुबीचको विवाद मिडियासम्म आएपछि श्रेष्ठ र आफूहरुको चरित्र हत्या भएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको जनाएका छन् । ‘मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत श्री कमानसिंह लामाको बीचमा रहेको विवादमा ने.क.पा. का प्रवक्ता श्री नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर र मेरो श्रीमती समेत हाम्रो परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा हिजो २०७७ मंसिर २८ गते दिनको २ बजे बाट ३ः४५ सम्म, म, मेरो श्रीमती(सुसन) र छोरी स–परिवार सम्माननीय प्रधानमन्त्री श्री के. पि. शर्मा ओलीज्यूलाई भेटेर सबै यथार्थ राख्यौँ’ सुसनका पति लक्ष्मणकृष्ण राजभण्डारीले सामाजिक संजालमा लेखेका छन् ‘प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो । उहाँले श्री कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकोले मिलेर सल्टाउन र क. प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो ।’ साथै प्रधानमन्त्रीले नेपालमा यस्ता नामै नसुनेका अनलाईनहरुले जे पनि लेख्छ यसको पछि लाग्नु हुँदैन भनेको पनि उल्लेख गरेका छन् । ‘गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ भनेर सम्झाउनु भयो । देशमा राष्ट्रपति जस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो’ उनले लेखेका छन्, ‘हाम्रो परिवार सम्माननीय प्रधानमन्त्रीज्यूलाई समय र साथको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । कुनै प्रमाण विना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ ।’ कोरोनाको कारण लामाको मृत्यु भएपछि हाइड्रोमा गरिएको लगानीका विषयमा विवाद भएको थियो । सोही विवादमामा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उनकै आफ्नै स्वकीय सचिव सुसन कर्माचार्य र कमानसिंह लामाबीच मध्यस्तथा गर्न खोजिरहेको भिडियो बाहिरिएको थियो । लामाको निधनपछि भिडियो बाहिरिएपछि लामाको परिवारले लामो समयदेखि पहल गर्दा पनि साढे दुई करोड सुसनले नदिएको दाबी गर्दै आएको थियो । यो प्रकरणमा लामाकी कान्छी पत्नी र सुसनसहितको पक्ष जोडिएको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया