देउवा संवैधानिक परिषद्को बैठकमा नजाने, पार्टीमा छलफल गर्ने

काठमाडौं । कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएका छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेपछि देउवा बैठकमा सहभागी नहुने भएका हुन् । उनका स्वकीय सचिव भानु देउवाले आज पाँच बजे बस्ने परिषद्को बैठकमा सभापति सहभागी नहुने जानकारी दिए । ‘एक्कासी संवैधानिक परिषद् बैठकको कार्यविधिसम्बन्धी अध्यादेश आएपछि सभापति आज बस्ने भनिएको बैठकमा सहभागी हुनुहुन्न’ भानुले नेपालवाचसँग भने, ‘अध्यादेश आएपछि यसबारेमा छलफल गर्न सभापतिले भोलिसम्म पार्टीको बैठक बोलाउनुहुन्छ ।’ देउवा आजै बिहान भएकाे बैठकमा भने सहभागी भएका थिए । तर बैठकमा सभामुख सहभागी भएका थिएनन् । जसका कारण कुनै निर्णय हुन सकेकाे थिएन । नेकपाकै नेता र मन्त्रीहरुलाई समेत जानकारी नदिई अध्यादेश आएपछि यो कदमको विरोध हुन थालेको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया