नेकपा स्थायी समिति बैठक आगामी आइतवार पुनः बस्ने

काठमाडौं । नेकपाको आगामी स्थायी समिति बैठक आगामी आइतवार बस्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समितिको बैठकले आगामी आइतवार पुनः बैठक बस्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले जारी गरेको संवैधानिक परिषद् सम्वन्धि अध्यादेश फिर्ता लिने विषयमा सहमति भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको स्थायी समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री केपी ओलीले मंगरबार अध्यादेश जारी पछि बसेको पहिलो परिषद्को बैठकले कुनै पनि पदाधिकारी नियुक्ति नगरेको बताएका छन् । त्यस्तै संसद्को अधिवेशनको माग गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष लिएर गएको आवेदन दर्ता नगर्ने विषयमा सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै आगामी ५ पुसका लागि बोलाएको केन्द्रीय कमिटीको बैठक भने आगामी १० पुसका लागि सारिएको प्रवक्ता श्रेष्ठले बताए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया