अध्यादेशका कारण पार्टी विभाजन हुन सक्दैन, पार्टीले प्रधानमन्त्रीलाई सच्याउँछ

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले सरकारले ल्याएको अध्यादेश पार्टी विभाजनको कारण बन्न नसक्ने बताएका छन् । अहिले हतारमा अध्यादेश ल्याउनु पर्ने कारण नभएको तर यही विषयका कारण पार्टी विभाजनको कुरा सोच्न पनि नसकिने उनले बताए । वरिष्ठ नेता खनालले अध्यादेशपछिको उत्पन्न राजनितिक संकटको प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी लिनुपर्ने बताएका छन् । नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘हामी यो विषयलाई स्थायी समितिमा सशक्त रुपमा उठाउँछौँ, सरकारको मनोमानी रोक्न पार्टीले आवश्यक निर्देशन दिन्छ ।’ खनालले स्थायी समितिको बैठकमा अध्यादेश प्रमुख छलफलको विषय बन्ने समेत बताए । ‘प्रधानमन्त्री गलत बाटो हिडिरहनु भएको छ, त्यसप्रति पार्टीको चिन्ता छ, खनालले भने, पार्टीले उहाँलाई सच्याउने प्रयास गर्छ ।’ प्रधानमन्त्रीलाई पार्टीले कसरी सच्याउने भन्ने सन्दर्भमा भने उनले प्रतिक्रिया दिएनन् । तर यहीँ असमझदारीलाई लिएर पार्टी विभाजनको कल्पना गर्न नसकिने नेता खनालको भनाई छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया