ओलीविनै बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा स्थायी समितिको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा भने प्रधानमन्त्री केपी ओली सहभागी छैनन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहित अन्य नेताहरु भने रहेका छन् । बैठक अघि ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । ओलीले संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी अध्यादेश ल्याएपछि नेकपमा विवाद झन् बढेको छ । अध्यादेशपछि प्रमुख प्रतिपक्षी दलसमेत असन्तुष्ट बनेको छ । विवादित अध्यादेश फिर्ता लिन सरकारलाई दबाब पुगेको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया