वैदेशिक लगानी के हाे ? अल्प विकसीत मुलुकमा यसको भूमिका कस्ताे रहन्छ ?

वैदेशिक लगानीको परिचय दिदै नेपाल जस्तो अल्प विकसीत मुलुकमा यसको भूमिका बारे चर्चा गर्नुहोस ? (१०) “मुलुक निमार्णका लागि वैदेशिक लगानी” मुलुक वाहिरवाट आउने लगानीलाई वैदेशिक लगानी भन्निछ । यो प्रतिफलको अपेक्षा गरी विदेशी राष्ट्र, संस्था वा व्यक्तिवाट आउने गर्दछ । विदेशी लगानीकर्ताले शेयरमा गरेको लगानी, लगानीबाट प्राप्त आयको पुनर्लगानी तथा ऋण वा ऋण सुविधाको रुपमा गरेको लगानीलाई जनाउँदछ । विदेशी लगानीकर्ताले प्रत्यक्ष वा पोर्टफोलियो मार्फत लगानी गर्ने कार्य नै वैदेशिक लगानी हो । यो एक देशले अर्को देशको पूजीँ, प्रविधि,र अन्य क्षेत्रमा गर्ने लगानी हो ।देशको आर्थिक विकास गर्दै अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर, उन्नतीशिल र समृद्ध बनाउन वैदेशिक लगानी अपरिहार्य हुन्छ ।नेपाल जस्तो अतिकम विकसित मुलुकमा लगानीको खाडललाई परेर समुन्नत तुल्याउन वैदेशिक लगानीको महत्वपूर्ण भूमिका रहन्छ ।मुलुकको अर्थतन्त्रलाई गति दिनका लागि यसको समुचित परिचालन आवश्यक हुन्छ ।नेपालमा पछिल्लो समयमा वैदेशिक लगानीको क्षेत्रमा सकारात्मक प्रगति भएको र लगानी वढेको देखिन्छ ।वर्तमान संविधान र विदेशी लगानी नीतिले पनि आन्तरिक स्रोतको उपयोग गर्दै वैदेशिक लगानीलाई प्रतिफलयुत्त क्षेत्रमा परिचालन गर्ने उद्देश्य लिएको छ । विकासमा वैदेशिक लगानीको भूमिका वचत र लगानीको आवश्यकतावीचको अन्तर पुरा गर्न,राज्यको औधोगीकिकरणमा टेवा पु¥याउन,वैदेशिक व्यापारलाई प्रवद्र्धन गर्न,विकासको पूर्वाधारलाई दरिलो बनाउन,उत्पादन र उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सुदृढ गर्न,आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रवद्धन गर्न,राष्ट्रको विकासलाई गतिशील र अग्रगामी तुल्याउन,छरिएर रहेका स्रोतसाधनको समूचित परिचालन गर्न,ठूला ठूला विकासका आयोजनामा लगानी गर्न,विदेशी पूजी, सीप र प्रविधिलाई आन्तरीकरण गर्न,व्यावस्थापकीय र प्राविधिक कौशल भित्राउन,देशको आन्तरिक मागलाई पूरा गर्न,लगानीको उचित वातावरण वनाउन,आधुनिक प्रविधि र पुजीं भित्र्याउन,अन्तरदेशिय सम्बन्धलाई वलियो वनाउन । अन्त्यमा, नेपाल जस्ता मुलुकमा वैदेशिक लगानीले पूजी, प्रविधि र क्षमताको विकास मार्फत देशको अर्थतन्त्रलाई सुदृढ, समृद र चलायमान वनाउन विशेष भूमिका खेल्ने हुदाँ यसको समुचित परिचालन गरी जनअपेक्षा अनुरुप समृद राज्य निमार्ण गर्नु पर्दछ । सामाजिक आर्थिक रुपान्तरण, गरिबी न्यूनिकरण र मुलुकको समृद्धिका लागि वैदेशिक लगानीको महत्वपूर्ण भूमिका रहने कुरामा कसैको दुइमत हुन सक्दैन । थप पढ्नुहाेस् संघीयता शासन प्रणाली र नीति समन्वय नागरिक शिक्षाको अन्तरनिहित सिद्धान्तबारे १० नम्बरको प्रश्न हल गर्ने तरिका शासनको अवधारणा र आधारभूत विषेशताबारे लाेकसेवा परिक्षामा कसरी लेख्ने ? यस्ताे छ, प्रकाश दाहालकाे सुझाव लाेकसेवामा ‘कर र यसका प्रकार’ का बारेमा ५ नम्बरकाे प्रश्नकाे हल कसरी गर्ने ? सहसचिव टाेकराज पाण्डेकाे सुझाव नेपालको विकासमा गैह्र सरकारी संस्थाको भूमिका, र उनीहरूकाे भूमिकालाई कसरी प्रभावकारी तुल्याउन सकिन्छ? प्रश्नको अन्तिममा निम्न शब्दहरु जोडेर सोधेमा उत्तर लेख्ने तरिका शक्ति पृथकीकरण र शक्ति सन्तुलन तथा नियन्त्रण भनेकाे के बुझिन्छ ? नेपालको संविधानले शक्ति पृथकीकरण र शक्ति सन्तुलन तथा नियन्त्रणका सम्बन्धमा के कस्तो व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् । (३+७)=१५
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया