ओली र प्रचण्डका राजनीतिक प्रतिवेदन फिर्ता, अब सहमतिमा नयाँ प्रस्ताव

काठमाडौं । लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड अहिलेसम्मका सबै आरोप प्रत्यारोपका प्रस्ताव फिर्ता लिन सहमत भएका छन् । सचिवालयमा पेश भएको दुवै अध्यक्षको राजनीतिक प्रस्तावको आरोप र प्रत्यारोपछि संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी भएको अध्यादेशले थप विवाद भएकाे थियाे । विवाद उत्कर्षमा पुगेपछि दुवै अध्यक्ष अहिलेसम्मका प्रस्ताव फिर्ता गर्न सहमत भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । स्थायी समिति बैठक अघि बालुवाटारमा २ पटक भएको छलफलमा ओली र प्रचण्डबीच यस्तो सहमति भएको थापाकाे भनाई छ । दुई अध्यक्षबीच आरोपपत्र फिर्ता लिने समझदारीसँगै सहमतिमा साझा प्रस्ताव अघि बढाउन उनीहरु तयार छन् । अध्यादेशले विवाद बढ्दै गएपछि प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपतिलाई हस्ताक्षर बुझाएपछि नेकपाको विवाद झन् पेचिलो बन्न पुगेको थियो ।साथै, अध्यादेश बदर गरी पाउँ भन्दै सर्वोच्चमा रिट परेपछि संवैधानिक परिषद्मा सदस्य रहने प्रधानन्यायाधीशसमेत अप्ठ्यारोमा परेका थिए । राजनीतिक र कानुनी अप्ठ्यारो झन् बढ्ने देखिएपछि ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् । संसद अधिवेशन मागकाे निवेदन पनि दर्ता नहुने भएकाे हाे । राजनीतिक किचलो बढेर पार्टी फुटको संघारमा पुग्न लागेपछि नेताहरु भदौ २६ गते यताका सबै निर्णय फिर्ता लिएर सहमतिको नयाँ प्रस्ताव अनुसार अघि बढ्न तयार भएको नेकपा स्रोतको भनाई छ । यस्ताे सहमितकाे प्रस्ताव अब स्थायी समिति बैठकमा पेश हुने दाबी नेताहरुकाे छ । बालुवाटारमा दुईपटकसम्म भएको छलफलमा विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाले सक्रियता देखाएका थिए । ओलीले बुधबार बिहान प्रचण्डसँग संवाद गर्न शंकर पोखरेललाई खुमलटार पठाएका थिए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया