NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

चिन्ताजनक अवस्थाबाट पुनर्जीवन पाएँ : विश्वकर्मा

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्माले कोभिड–१९ बाट आफूले पुनर्जीवन पाएको बताएका छन् । कोभिडपछि ३६ दिन उपचार गरेर घर फर्किएका विश्वकर्माले रोगले चिन्ताजनक अवस्थामा पुगेको आफूलाई चिकित्सक र स्वास्थ्यकर्मीले पुनर्जीवन दिएको बताएका हुन् । ३६ दिनको अस्पताल बसाईपछि घर आएको आज १६ दिन बित्दा पनि अझै लगातार बोल्न र हिड्न नसकेको उनको भनाई छ । विश्वकर्माकाे फेसबुक स्टाटस कोभिड -१९ बाट सन्क्रमित भइ पहिले कर्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भए पछि ११ गते राती ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याईएको थियो ! बरिस्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एबम आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समुह सङ्गै अति स्नेही सेवा गर्ने नर्शहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु ! उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु,प्रमुख सचेतक मा. बालकृष्ण खाणको सक्रियता र योगदान अबिस्मरणिय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको छु ! शुरुकै अबस्थामा देखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सम्माननिय सभामुख, माननीय साम्सदहरु, कानुन समिती सभापती र सम्सदका महासचिव लगायत सबै कर्मचारी मित्रहरु प्रती हार्दिक आभार प्रकट गर्दछु ! मेरो स्वास्थ अवस्था जटिल बन्दै जादा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारि दवावले मलाई उद्देलित गराउदै थप हौसला बढाएको छ !साथै जीवन र मृत्युको दोसाँधमा हुँदा नेपाल सरकार, महाममिम रास्ट्रपति,सम्माननीय प्रधानमन्त्री, मा. स्वास्थ मन्त्री लगायत मा. मन्त्रीहरु एबम माननीय सुभाष नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयाश र योगदानले मलाई भावुक बनाएको छ! म ग्रान्डी अस्पतालको आइ. सि. यु. र भेन्टिलेटरमा अचेत अबस्थामा मृत्यु सङग लडिरहदा मेरो स्वास्थ अवस्था बारे हरपल चासो राखी सन्चार माध्यमबाट सुचना प्रभाह गर्ने सबै प्रिय संचारकर्मी साथिहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवान सङग प्रार्थना गरि आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एबम आफन्तजन प्रती हार्दिक नमन गर्दछु ! अन्त्यमा, ३६ दिनको अस्पताल बसाई पछि घर आएको पनि आज १६ दिन भयो ! अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन ! अत: लामो समय पछि आज देखि सामाजिक संजालमा उपस्थित भएको छु ! फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु ! जय नेपाल !!

ताजा अपडेट

नेपालवाच विशेष