प्रचण्ड सचिवालयले भन्यो – राजनीतिक प्रतिवेदन फिर्ता लिनेबारे कुनै सहमति भएको छैन

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टीमा पेस भएको राजनीतिक प्रतिवेदन फिर्ता लिने विषयमा कुनै सहमति नभएको प्रष्टिकरण दिएको छ । प्रचण्डको प्रमुख स्वकीय सचिव गंगा दाहालले सरकारले जारी गरेको अध्यादेश र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति लाई बुझाईएको पत्र फिर्ता गर्नेबाहेक अन्य कुनै पनि सहमति दुई अध्यक्षबीच नभएको बताइन । नेकपा स्थायी समिति सदस्य हरिवोल गजुरेलले पनि दुवै अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवदेन फिर्ता लिने विषयमा बैठकमा छलफलै नभएको बताए । गजुरेलले भने, ‘पुस ५ गतेका लागि अर्को बैठक बोलाउने निर्णय भएको छ, यसबीचमा दुई अध्यक्षले आपसमा छलफल गर्नुहुन्छ र एउटा निष्कर्ष निकाल्नु होला ।’
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया