गन्धर्वलाई बसोबासको लागि घरको व्यवस्था

बाँके । बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका गन्धर्व समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरीरहेका छन् । पहिलो चरणमा २४ घर मध्ये १० घर निर्माण भई गन्दर्भ समुदायलाई हस्तान्तरण समेत भइसकेको छ । नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्धर्व बस्तीलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ । तराई सम्वृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्धर्वहरुलाई उपलब्ध गराएको छ । दोस्रो चरण अन्तर्गत ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँ ९० पैसा लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए । सरकारले गन्धर्व समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । तर उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिंदा समस्या भएको गन्धर्वहरु बताउँछन् । पहिलो चरणमा बनेका १० ओटा घरको शौचालयको सेफ्टी ट्यांकी एउटै भएकाले झनै समस्या भएको गुनासो उनीहरुको छ । तरपनि घर नै नभएकाहरुका लागि सरकारले घर बनाइदिएपछि भने उनीहरु खुशी देखिन्छन् । समुदायका सबै परिवारले छिट्टै घर पाउने आशामा उनीहरु छन् । अहिले गन्धर्र्व समाजलाई घरको खाँचो छ । त्यसैले स्थानीय सरकारले घर बनाईदिएको छ । गन्धर्व भने सरकारले घर बनाईदिएर मात्रै नपुग्ने बताउँछन् । आफूहरुलाई घरको लालपुर्जा समेत उपलब्ध गराईदिै सहज हुने उनीहरुको भनाई छ । बसोबासको समस्यामा रहेका स्थानीय गन्धर्वहरु घर पाएपछि खुशी देखिन्छन् । यस्तै उनीहरु स्थानीय तहबाट सीपमूलक कार्यक्रम पाउन सके जीविकोपार्जनका लागि समेत सहज हुने बताउँछन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया