वामदेवलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वामदेव गौतमलाई फेरि एकपटक आकर्षित गर्न खोजेका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा उनले आफू पद त्याग गर्न मात्र होइन, त्यसका लागि वामदेव गौतमजस्ता नेतालाई जिम्मेवारी दिन पनि तयार भएको बताएका छन् । ‘म त्याग गर्न तयार छु, भनेकै छु । मलाई अध्यक्ष र प्रधानमन्त्रीमा पदमा टाँसिइरहन लोभ पनि छैन । मैले छाड्छु,’ स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीको भनाइ थियो, ‘मेरा लागि पद महत्वपूर्ण छैन । तर, त्यसपछि को हुने हो रु हामीमध्ये धेरै प्रधानमन्त्री भइसकेका छौँ । अब नभएकालाई दिऊँ न त । यही साइडमा उपाध्यक्ष वामदेव कमरेड हुनुहुन्छ । चुनाव गरेर हुन्छ कि कसरी हुन्छ, उहाँलाई बनाउँदा पनि भयो ।’ तर, उनले आफ्नो प्रस्तावबारे थप प्रस्ट भने पारेनन् । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया