NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

राजतन्त्रवादीलाई लाज लाग्नेगरी ओली र प्रचण्डले गणतन्त्रको धज्जी उडाएको थापाको आरोप

काठमाडौं । राप्रपाका नेता कमल थापाले राजासहितको प्रजातन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डले गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन् । नेकपाका चर्किएको राजनीतिक अन्तरसंघर्षबारे सामाजिक संजालमा लेख्दै थापाले उनीहरुको क्रियाकलापले आफूहरुलाई समेत लाज लागेको बताएका हुन् । ‘अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् ओली र प्रचण्डलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् । हिजो हिमालय पर्वत जस्तो भीमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’

ताजा अपडेट

नेपालवाच विशेष