प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक : देउवा नजाने, सापकोटालाई थाहै छैन

काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक आज अपरान्ह ५ः३० बजेका लागि बोलाइएको छ । उनले प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई बैठकमा आउनका लागि पत्र नै पठाएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा बस्नेबारे पत्र आएको पुष्टि गरे । तर देउवा सरकारले ल्याएको विवादास्पद अध्यादेश फिर्ता नलिएसम्म नजाने बताए । उनले भने,‘सरकारले ल्याएको विवादास्पद अध्यादेश फिर्ता लिनुपर्छ त्यो अध्यादेश फिर्ता नलिएसम्म बैठकमा सभापति जानुहुन्न ।’ यस्तै प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा परिषद् सदस्यसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटालाई भने पत्र पठाएका छैनन् । सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले परिषद् बैठक बोलाउनेबारे पत्र नआएको बताए । उनले भने,‘अहिलेसम्म बैठक बस्ने बारे सभामुखलाई पत्र आएको छैन । त्यसैले बैठकबारे कुनै जानकारी छैन ।’ प्रधानमन्त्री ओलीले बुधबार नेकपा स्थायी समितिको बैठकमा चर्को विरोध भएपछि अध्यादेश फिर्ता लिन राजी भएका थिए । तर उनले अध्यादेश फिर्ता नै नलिइ बैठक बोलाएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया