मिललाई बेचेको उखुको भुक्तानी माग्न काठमाडौं आएका यादव आन्दोलनमै बेहाेस

काठमाडौं । अहिले काठमाडौंमा उखु किसानको आन्दोलन चलिरहेको छ । उद्योगलाई बेचेको उखुको पैसा भुक्तानी नपाएको भन्दै उनीहरू पाँच दिनदेखि राजधानीमा आन्दोलन गरिरहेका छन् । सर्लाही, रौतहट, नवलपरासी लगायतका जिल्लाबाट किसानहरू आन्दोलनका लागि काठमाडौं आएका छन् । तर, सरकारले अहिलेसम्म उनीहरूको माग सम्बोधन गर्ने प्रयत्न देखाएको छैन । माग सम्बोधन नभएसम्म घर नफर्किने अड्डी किसानहरूले कसेका छन् । बस्ने–खानेसम्मको ठेगान नभएका उनीहरू काठमाडौंको चिसोमा आफ्ना समस्या समाधान गरिदिन सरकारलाई आग्रह गरिरहेका छन् । आन्दोलनमा आएका कतिपय किसान त स्वास्थ्य अवस्था बिग्रिदाँ विरामीसमेत परेका छन् । काठमाडौंको माइतीघरमा आन्दोलनरत् किसान बेजु यादव कमजोर स्वास्थ्य अवस्थाका कारण बिहीवार ‘फेन्ट’ भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाका यादव मिललाई बेचेको उखुको भुक्तानी माग गर्दै आइतवारदेखि आन्दोलनमा सहभागी छन् । चिनी उद्योगले लगेको उखुको ४० हजार रुपैयाँ भुक्तानी नपाएपछि उनी आन्दोलनमा सरिक हुन काठमाडौं आएका थिए । दमको रोगी उनी आफ्नो कमजोर स्वास्थ्य अवस्थाका बावजुद पनि उखुको भुक्तानी पाउन काठमाडौं आएका थिए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया