बालुवाटारमा ओली–प्रचण्डबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्नका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । उनीहरुबीच अहिले छलफल सुरु भएको छ । नेकपाको बुधबार बसेको स्थायी समितिको बैठकले पार्टी र सरकारमा रहेका मन्त्रीलाई नै थाहा नदिइ ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गरेको थियो । प्रधानमन्त्रीले पनि सो बैठकमा विवादास्पद संवैधानिक परिषद् सम्वन्धि अध्यादेश फिर्ता लिन राजी भएका थिए । तर प्रधानमन्त्री ओलीले एकाएक सो अध्यादेश अनुसार नै परिषद्को बैठक डाकेपछि विवाद जस्ताको तस्तै रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले साँझ ५ बजे परिषद् बैठक र साझै ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छ । तर परिषद् बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन् भने सभामुख अग्निप्रसाद सापकोटाले थाहै नभएको भनेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया