चिसोका कारण चार जनाको ज्यान गयो

लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए । यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका–८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका–८ अस्पतालचोकका १३० र गोलबजार नगरपालिका–१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कणेँलले बताए ।
ताजा अपडेट
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
प्रतिक्रिया