NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

अनेरास्ववियूका सहसंयोजक तामाङले सरकारलाई भने– उखु किसानको समस्या तत्कालत समाधान गर

काठमाडाैं । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले उखु किसानको समस्या तत्कालत समाधान गर्न सरकारसँग माग गरेका छन् । उनले अनेक दुःख र कष्ट झेलेर उखु उत्पादन गरी विक्री गरेको मुल्यसमेत नपाएर विचल्लीमा परेको भन्दै उखु किसानकाे आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएका छन् । सहसंयोजक तमाङले भने,‘वर्षेनी चिनी आयातका नाममा करोडौं रकम मुलुक बाहिर जानबाट रोक्न महत्त्वपूर्ण योगदान गरिरहेका स्वदेशी उखु किसानहरुलाई स्वयं राज्यले नै संरक्षण, प्रोत्साहन र प्रवर्द्धन गर्नु पर्ने हो । तर उल्टो आफूले विक्री गरेको उखुको मूल्य समेत नपाएर उखु किसानहरु सडक सङ्घर्षमा उत्रिनुपर्ने स्थिति अत्यन्तै खेदजनक छ ।’ मंसिर/पुषको कठाङ्ग्रिंदो जाडोमा टाढादेखि काठमाडौं आएर लगातारको सडक आन्दोलनमा उत्रिनु उखु किसानहरूको कुनै रहर नभइ बाध्यता भएको उनले बताए । ‘मिल मालिकवाट वर्षौंदेखि पैसा नपाएका उखु किसानहरु गत वर्ष आन्दोलनमा उत्रिए पछि सरकारसँग सहमति भएको थियो । तर सहमतिलाई रद्धिको टोकरीमा मिल्काइएपछि यस वर्ष किसानहरु फेरि आन्दोलनमा उत्रिन वाध्य भएका छन्,’ उनले विज्ञप्तीमार्फत भनेका छन् । नेता तामाङले सरकारले सार्थक र परिणाममुखी काम नगरेको भन्दै आपत्तीसमेत जनाएका छन् । उखु किसानहरूको सम्पुर्ण मागहरु तत्काल पूरा गर्न, गराउन र उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालिन समाधान खोज्न सरकारसँग माग गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष