NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

पेरिसडाँडा भेलाले भन्यो – विधि र प्रक्रिया नमानी मनमौजी गर्न खोज्नेलाई ठेगान लगाउँछौँ

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता बचाउने र विभाजन गर्न खोज्नेबीचको अन्तिम लडाइँ भएको बताएका छन् । आज पेरिसडाँडामा भएको प्रदेश १ स्तरीय भेलामा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग आवद्ध रहेका जिल्ला अध्यक्ष र सचिवहरुको सहभागिता थियो । सो भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टी बचाउन अन्तिमसम्म लागिरहनुपर्ने पनि धारणा राखेका छन् । पूर्व माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले पनि धारणा राखेका थिए । बैठकमा सहभागी एक जिल्ला अध्यक्षका अनुसार प्रधानमन्त्री केपी ओलीको असहिष्णुताकै कारण पार्टीको अवस्था गम्भिर बनेको बताए । नेता नेपालले पनि बैठकमा विधि र प्रक्रिया मान्ने र नमान्नेबीचको द्वन्द्व चलिहेको बताए । उनले पार्टीलाई एकतावद्ध राख्नका लागि आफूहरु विधि र प्रक्रिया अनुसार पार्टी सञ्चालन हुनुपर्ने पक्षमा रहेको पनि बताएका थिए । ती अध्यक्षकाअनुसार नेता खनालले विधि र प्रक्रिया नमान्नेहरु छुट्टिएर जाँदैमा पार्टीमा कुनै असर नपर्ने धारणा राखेका छन् । विधि र प्रक्रिया पनि नमान्ने र मनमौजी गर्न खोज्नेलाई पार्टीले विधिसम्मत ढंगले ठेगान लगाउने पनि धारणा राखेका थिए । ती जिल्ला अध्यक्षले नेताहरुको कुरा सुन्दा पार्टीभित्रको विवाद सजिलै मिल्ने अवस्था नरहेको बताए । उनले भने, ‘नेताहरुको आजको कुरा सुन्दा मिल्ने छाँटकाँट देखिँदैन । प्रधानमन्त्री पनि आफ्नो ढिपीबाट पछि नहट्ने र विवादीत काम मात्रै गरेकाले पार्टी अव सग्लै रहन्छ जस्तो छैन ।’ बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्वन्धि अध्यादेश तत्काल फिर्ता नलिएमा संसद्को अधिवेशन बोलाउने निर्णय पनि गरेका ती नेताले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष