NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

शहरी विकास र यातायात मन्त्रीद्वारा चन्द्रागिरि र किर्तिपुर जोड्ने पुलको अवलोकन

काठमाडौँ – शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँ स्थित चन्द्रागिरी नगरपालिका र किर्तिपुर नगरपालिकाको विकास निर्माण सम्बन्धी परियोजनाको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका र किर्तिपुर नगरपालिका जोड्ने पुलको अवलोकन गरेका हुन। गत आर्थिक वर्षमा शिलान्यास भई निर्माण कार्य प्रारम्भ भएको पुलको काम भइरहेको छ। अवलोकनको क्रममा ८० प्रतिशत काम सम्पन्न भइसकेको र यसै वर्षको फागुनमा निर्माण सम्पन्न भइसक्ने देखिएको शहरी विकासमन्त्री श्रेष्ठले बताए। उनले काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ र १० मा विभिन्न विकास निर्माणको काम भइरहेको र ती सबैलाई समयमै सम्पन्न गरिने जनाए । मन्त्री श्रेष्ठले उक्त स्थानमा रहेको विष्णुदेवी मन्दिर परिसरको एकीकृत विकास गरिने पनि जानकारी दिए। कोभिड १९ र वर्षायामको असरको बाबजुद पनि पुल निर्माण गर्ने कार्य समयमै सकिने अवस्था देखिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङको भनाइ छ। यस वर्ष कोभिड १९ को कारण देशभरका निर्माणकार्यमा असर परेको छ। लामो समयको लकडाउन पछि विस्तारै निर्माण क्षेत्रमा काम शुरु हुन थालेका छन् भने सम्बन्धित मन्त्रीहरूले अनुगमनमा तिव्रता दिइरहेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष