NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्ड भेट्न ओली आफ्ना विश्वासपात्र लिएर खुमलटार जाँदै

काठमाडौँ – सत्तारूढ नेकपाभित्र शक्ति संघर्ष चर्किरहेका बेला प्रधानमन्त्री केपी ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार जाने भएका छन् । ओलीले आफ्ना विश्वासपात्र सुवास नेम्वाङ लगायतलाई साथमा लिएर जाने भएका छन् । प्रधानमन्त्री ओलीले पार्टीभित्र र सरकारकै मन्त्रीलाई समेत थाहै नदिइ संवैधानिक परिषद्सम्वन्धि अध्यादेश ल्याएपछि विवाद झन् चर्किएको थियो । शुक्रबार मात्रै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले प्रदेश १ स्तरीय अगुवा नेताहरुको पेरिसडाँडामा भेला राखेपछि प्रधानमन्त्री ओली थप सशंकित भएका थिए। सो भेलालाई सम्बोधन गर्दै अध्यादेश फिर्ता नलिए प्रधानमन्त्री ओलीविरुद्ध थप एक्सनमा जाने प्रचण्डले धारणा राखेका थिए। प्रचण्ड सचिवालयले प्रधानमन्त्री ओली आउने प्रचण्ड भेट्न खुमलटार आउन लागेको पुष्टि गरेको छ। सचिवालयले भन्यो,‘प्रधानमन्त्रीले आउँछु भन्नुभएको छ। उहाँ आउने तरखरमा हुनुहोला। अहिलेसम्म आइपुग्नु भएको छैन।’

ताजा अपडेट

नेपालवाच विशेष