कांग्रेस – जसपाबीच दुई बुँदे समझदारी, संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीचको भेटवार्ता सकिएको छ । देउवा र जसपा नेताहरुबीच दुई बुँदे समझदारी भएको छ । उनीहरुले संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने विषयमा समझदारी गरेको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए । देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो गएका थिए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया