NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

संसद विघटन हुनुअघि प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्नुअघि उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ । प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपालसहित ९० जना संसदहरुले प्रधानमन्त्री विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको हो । प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव दर्ता भएको खबर पाएसँगै राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव पेश गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री ओलीको प्रस्ताव सदर भएसँगै आइतबार संसद विघटन भएको हो ।