प्रचण्डका यी ‘हेवीवेट’ अब ओलीतिर !

काठमाडौं । नेकपाको आन्तरिक राजनीतिक विवादको उत्कर्ष संसद विघटन र नयाँ निर्वाचन घोषणासम्म पुगेको छ । फेरिएको राजनीतिक माहोलमा नेताहरुले आफ्नो गुटको कित्ता पनि खुलाउन थालेका छन् । प्रधानमन्त्री केपी ओलीको संसद विघटनकाे प्रयाससँग असहमति जनाउँदै केपी ओली मन्त्रिपरिषद्का ७ मन्त्रीहरुले राजीनामा दिएका छन् । जहाँ पूर्व माओवादी र एमालेका पनि माधव नेपाल पक्षका नेताहरु छन् । यसरी राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगर छन् । तर, कुनै समय प्रचण्डका निकट र ‘हेविवेट’ नेताहरु गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग मन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् । यी दुवै पूर्व माओवादीका नेता हुन् । राजीनामा दिनेमा पोखरेल, पुन, बस्नेत यादव र मगर पूर्व माओवादी तर्फका हुन् । भट्टराई र भुसाल पूर्व एमाले पनि माधव नेपाल पक्षका हुन् । पूर्व एमाले पक्षका नेताहरुले राजीनामा दिंदा प्रचण्डतिका कुनै समयका ‘हेवीवेट’ नेताहरु बादल र भट्ट भने तत्काल प्रधानमन्त्री ओलीकै कित्तामा उभिन पुगेका हुन् । पूर्व माओवादीकै भए पनि बादल र भट्ट पछिल्लो समय ओली निकट देखिंदै अाएका थिए ।
प्रतिक्रिया