एउटै निजी गाडी चढेर राजीनामा दिएका दुई मन्त्रीले छाडे सिंहदरबार

काठमाडौं । संसद विघटनसँगै सरकारमा रहेका नेकपा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षका सात मन्त्रीहरुले राजीनामा दिएका छन् । संसद विघटनको ओलीको कदम असंवैधानिक र राजनीतिक अस्थिरता निम्त्याउनेतर्फ केन्द्रित भएको भन्दै उनीहरुले राजीनामा दिनुपरेको उल्लेख गरेका छन् । यसरी राजीनामा दिने सात मन्त्रीमा पूर्व माओवादीतर्फका पाँच र एमालेतर्फका दुई जना छन् ।एमालेतर्फका पर्यटनमन्त्री योगेश भट्टराई र कृषि मन्त्री घनश्याम भुसाल छन् । सिंहदबारमा पत्रकार सम्मेलन गरेपछि यी दुवै मन्त्रीले यस अघि चढ्दै आएको सरकारी सुविधाको गाडी चढेनन् । प्राइभेट नम्बरप्लेटको एउटै गाडीमा चढेर दुवै नेता सिंहदरबारबाट बाहिरिएका हुन् ।
प्रतिक्रिया