NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओलीले पेलेपछि नेकपाका नेता कांग्रेसको कार्यालयमा

काठमाडौं । नेकपाको उत्कर्ष विवाद अब विवादमा मात्रै सीमित भएन । संसद विघटन हुँदै नयाँ निर्वाचनको मिति घोषणासम्म पुगेको छ । यत्ति उत्कर्षसम्मको राजनीतिक उतारचढाव नसोचिए पनि आइतबार एकैदिन यी काम भएका छन् । प्रधानमन्त्री केपी ओलीको यो कदमको नेकपाबाट विरोधमात्रै भएको छैन । अन्य दलसँग मिलेर प्रतिवादन गर्ने तयारीमा नेकपाका ओली इतरका नेताहरु पुगेका छन् । यसै प्रयास स्वरुप उनीहरु विघटित संसदको प्रतिपक्षी दलको कार्यालयसम्म पुगेर संयुक्त रुपमा ओलीको कदमको विरोध गर्न प्रस्ताव गरेका हुन् । ‘प्रधानमन्त्रीको यो असंवैधानिक कदमविरुद्ध छलफल गर्न हामी कांग्रेसको संसदीय दलमा जनता समाजवादी पार्टीसँग छलफल गर्दैगर्दा नेकपाका नेताहरु झलनाथ खनाल, माधव नेपाल र नारायणकाजीहरु आउनुभएको थियो’ छलफलमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालवाचसँग भने, ‘उहाँहरुले पनि ओलीको कदम प्रतिगमनतिर लाने खालको छ संयुक्त रुपमा प्रतिवादन गरेर जाउँ भन्नुभएको छ ।’ अर्को दिन दलहरुको अाैपचारिक संयुक्त बैठक गरेर थप छलफल गर्ने पौडेलले बताए ।