प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै रिट दायर गर्न नेकपा सर्वोच्चमा

काठमाडौं । सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेकपाले नै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको पक्षबाट रिट दायर हुन लागेको हो । रिट दायर गर्न नेकपाले प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरूङलाई खटाइएको छ । गुरूङसहितको एक टोली अदालत पुगेर रिट दायर गर्न लागेको सर्वोच्च स्रोतले बतायो । आइतबार बसेको स्थायी समितिले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने र प्रतिनिधिसभाक विघटनबारे कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया